नारायणी अस्पतालका मेसु डा. हकलाई मन्त्रालयले साेध्याे स्पष्टीकरणा

नारायणी अस्पतालका मेसु डा. हकलाई मन्त्रालयले साेध्याे स्पष्टीकरणा

  • शुक्रबार, भदौ २८, २०८१
  • दीपक चौरासीया

  • 12.7K
    SHARES

वीरगंज भदौ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल वीरगञ्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मो. एनामुल हकलाई स्पष्टीकरण सोधेको छ ।

डा. हक वीरगञ्जकै अर्को निजी अस्पताल नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.मा म्यानेजर रहेको विषयमा मन्त्रालयले स्पष्टीकरण मागेको हो ।

सरकारी अस्पतालको कार्यकारी प्रमुख नै निजी अस्पतालको पनि कार्यकारी पदमा हुनु स्वार्थ बाँझिने भन्दै मन्त्रालयले सोधपुछ गरेको हो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख ऋषि आचार्यका अनुसार बिहीबारको मन्त्रिस्तरीय निर्णयबाट डा. हकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । “उहाँलाई मन्त्रालयबाट स्पष्टीकरण सोध्न लागिएको निर्णय भएकाे हाे ,” आचार्यले भने ।

डा. हक विरुद्ध निजी अस्पतालको म्यानेजर बनेको बाहेक अन्य उजुरीहरू पनि मन्त्रालयमा परेकाे छ । उनी नेपाल सरकारका १० औं तहका चिकित्सकसमेत हुन् । नारायणी सेन्ट्रल अस्पताल सरकारी अस्पताल नारायणीबाट मात्र ५० मिटरको दूरीमा छ ।

सेन्ट्रल अस्पतालकाे निर्णाय प्रमाणअनुसार नारायणी अस्पतालका मेसु डा. हक निजी अस्पताल नारायणी सेन्ट्रलका म्यानेजर समेत रहेका छन् । अस्पताल संचालक र डा. हकको मिलेमत्तोमा बोर्डमा भने अस्पतालको डाइरेक्टरमा डा. पवन पटेलको नाम उल्लेख गरिएको छ। तर, गोप्य लिखित दस्तावेजहरुमा डा. हकलाई नै अस्पतालको सम्पूर्ण जिम्मेवारी तोकिएको छ ।

डा. हक सरकारी नारायणीको मेसु हुनु अगावैदेखि सो अस्पतालमा कन्सल्ट्यान्टको रूपमा काम गर्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव आएपछि उनलाई सरकारी नारायणी अस्पतालको निमित्त मेसु बनाइएको थियो । मन्त्री यादवले ६ जेठमा निमित्त मेसु बनाएर ४ सय ५० शैय्याको केन्द्रीय अस्पतालको कमाण्ड सुम्पेका थिए ।

निमित्त मेसु डा. हकले १ साउनमा नारायणी सेन्ट्रल अस्पताल प्रा.लि.को कार्यकारी म्यानेजरको भूमिका पनि निर्वाह गर्न थालेका थिए । निजी अस्पताल नारायणी सेन्ट्रलका संचालकद्वय सुमन क्याल र सुरेस क्यालले १ साउनमा ११ जना चिकित्सक (हेड अफ डिपार्टमेन्ट) लाई साक्षी राखेर डा. हकलाई अस्पतालको सम्पूर्ण व्यवस्थापन हेर्ने जिम्मेवारी सुम्पिएका थिए ।

“अस्पतालको सबै व्यवस्थापनको जिम्मेवारी डा. एनामुल हकको हुनेछ,” माइन्युटमा लेखिएको छ । यसका साथै, आमा सुरक्षा कार्यक्रम संचालन नगर्ने र निवर्तमान निर्देशक डा. प्रमोदकुमार सर्राफको राजीनामा स्वीकृत गर्ने निर्णयसमेत भएकाे लेखिएकाे छ ।

मेसु डा. हकको नेतृत्वमा नारायणी अस्पताल अस्तव्यस्त भएको छ । नियुक्त भएको १५ दिनमा नै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी ४६ जना कर्मचारी विकास समितिसँगको सल्लाह बिना नै निकालेका थिए । त्यसको ९ दिनपछि नै उनले नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको पनि जिम्मा लिएका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी