नारायणी अस्पतालमा करोडौंको मेसिन लथालिङ्ग , सुचना माग्दा आधा अधुरो , भ्रष्टाचार खुल्ने डरले सुचना लुकाउदै

नारायणी अस्पतालमा करोडौंको मेसिन लथालिङ्ग , सुचना माग्दा आधा अधुरो , भ्रष्टाचार खुल्ने डरले सुचना लुकाउदै

  • बिहिबार, भदौ २०, २०८१
  • दिपक चौरसिया

  • 6.7K
    SHARES

बिरगंज २० भाद्र । नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने उक्त सुचना ९ दिन पछि उपलब्ध गराएको भए पनि अधुरो सुचना प्राप्त गराइएको छ ।
जनताको सेवा उपचार संग जोडिएको क्याथ ल्याब मेसिनको बारे नेपालको सबिधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार सुचना माग गरिएकोमा सुचना अधिकारीले एक हप्ता भित्र सुचना माग गर्ने ब्यक्तिलाई उपलब्ध गराउनु पर्ने तर नारायणी अस्पतालले सुचना माग कर्ताले पाएको सुचना अनुसार ५ करोडौंको उक्त मेसिन कुन अवस्थामा छ र किन जडान नहुनुको मुख्य कारण र तत्काल कुन मेसु भएको बेला खरिद गरिएको भनेर उल्लेख गरिएको भए पनि नारायणी अस्पतालको प्रशासनबाट सो सुचना अधुरो र अपुरो उपलब्ध गराउनुले काहीं आफ्नो भ्रष्टाचार त खुल्ने होइन भन्ने डरले सुचना लुकाउने काम भएको हो ।
नारायणी अस्पताल परीसर भित्र रहेको करोडौंको क्याथ लैब मेसिन अहिले लथालिङ्ग र कौडिको भाउमा पनि बिक्री नहुने अवस्थामा पुगेको एक जना कर्मचारीले बताएका छन् । क्याथ लैब मेसिन अहिले बेवारिसे लास जस्तै अस्पतालको बरान्डामा काठको बाकसमा थन्किएर राख्ने काम भएको छ। सामाजिक विकास मन्त्रालय मधेस प्रदेश जनकपुरधामले रु ५ करोडौंमा २५ मार्च २०१९ ९२०७५र१२र ११ गते हस्पिटेक इन्टरप्राइजेज प्राइभेट लिमिटेड काठमाडौंले प्यासिफिक कर्मसियल कम्पनी प्राइभेट लिमिटेड काठमाडौंको उक्त क्याथ लैब मेसिन खरिद गरेको थियो ।यश क्याथ लैब मेसिनको मुख्यत काम भनेको मानिसको मुटु नली बन्द हुदा बन्द नली खोल्ने काम गर्ने एक चिकित्सकले बताएका छन् ।

जनताको करबाट करोडौं खर्च गरेर खरिद गरिएको उक्त क्याथ ल्याब मेसिन अहिले आफैं विमारी भएर उपचारको खोजीमा रहेको छ । तत्कालीन मेसु डा एनामुल हकले आफ्नो कमिसनको लोभमा अस्पतालमा जडान गर्ने भवननै नभएको देख्दादेख्दै सो मेसिन खरिद गर्ने प्रोपोगन्डा मच्चाएर कमिसन लिन सफल भएको यो सुचना बाट थाहा हुन आउँछ जबकि सुचनामा स्पष्ट रुपमा नारायणी अस्पतालमा कुन सुपरिटेन्डेन्ट भएको बेला सो मेसिन खरिद गरिएको हो भनेर उल्लेख गरिएको छ तर आफ्नो नाम सार्वजनिक हुने डरले उक्त सुचना लुकाउने काम भएको छ।

केही दिन पहिला पनि कर्मचारी भर्ना अभियान सुचना सार्वजनिक गरेको थियो तर समयमा मन्त्रालय बाट उक्त कर्मचारी भर्ना सुचना रद्द गरेपछि अहिले रुवाबासी चलिरहेको एक कर्मचारीले बताएका छन् । नारायणी अस्पताल उपचार गर्ने भन्दा पनि आफ्नो आसेपासेहरुलाई कसरी नियुक्ति दिन र मेरो कसरी हालिमुहाली हुने हो भन्ने सोच रहेको ती कर्मचारीले बताए ।

नारायणी अस्पतालमा लामो समयदेखि एम आर आइ मेसिन यतिकै थन्क्याएर राखेको छ जबकि उक्त मेसिन करोडौंमा खरिद गरिएको र ६ बर्ष बितदा पनि जडान नगर्नुको कारण के हो अहिले आफैं बिमारी भएर थालिएको छ । केही दिन पहिला बजारमा MRI मेसिन संचालनमा आयो भनेर केही मिडियाहरुमा हल्ला फिजाउने काम समेत भएको थियो । जबकि जनताको सेवा सस्तोमा होस् भनेर खरिद गरिएको मेसिन बेवारिसे जस्तो थन्क्याएर राख्नुले मेसु माथि अहिले नैतिकताको प्रश्न खडा भएको छ।

बर्षौदेखि जनताको करोडौं करबाट खरिद गरिएको क्याथ ल्याब मेसिन र डाइलसिस मेसिन अहिले नारायणी अस्पतालको कोमामा पुगेको छ र उपचारको खोजी आफैं वर्षैदेखि क्याथ ल्याब मेसिन लथालिङ्ग अवस्थामा छ भने अर्कोतिर करोडौंको डाइलसिस मेसिन पनि कोमामा जाने त होइन भन्ने सरोकारवालाहरुको चिन्ता रहेको छ।
क्याथ ल्याब मेसिन अहिले कुनै काम नलाग्ने अवस्थामा पुग्न लागेको एक कर्मचारीले बताएका हुन । सुचना बिना नै उक्त मेसिनको बारेमा जानकारी दिनुपर्नेमा तर अहिले नारायणी अस्पतालका मेसुले आनाकानी गर्नुले यसको पछाडि ठूलै भ्रष्टाचार र कमिसनको चलखेल भएको जोकोहीले पनि बुझ्न सक्ने अनुमान लगाउन सकिन्छ।
नारायणी अस्पतालमा अहिले विभिन्न क्षेत्रमा धेरै समस्या रहेकोले अब चाडैं त्यो भित्रको बेथिति बाहिर ल्याउने काममा हामी जमर्को कसेका छौ, जनताको करबाट खरिद गरिएको करोडौंको सम्पत्ति अहिले नारायणी अस्पतालको पेटिमा उक्त मेसिनहरु बेरेर लथालिङ्ग फालिएको जोकोहीले पनि देख्न सकिन्छ ।
नारायणी अस्पतालको सुचना अधिकारी अर्थात प्रशासनले अधुरो र अपुरो सुचना उपलब्ध गराएको भन्दै सुचना माग कर्ताले नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर महम्मद ऐनमुल हक समुक्षे अर्को निवेदन पेस गरिएको हो। नारायणी अस्पतालका सुपरिटेन्डेन्ट हकले निवेदन दर्ता गर्न बाध्य भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी