एजेन्सी साउन २१ । बंगलादेशमा दशकौँ एकछत्र सरकार चलाएर देशलाई आर्थिक समृद्धिमा फड्को दिलाए पनि अन्ततः शेख हसिना वाजेदले देशै छाडेर भाग्नु परेको छ ।
सरकारी सेवामा आरक्षण कोटा खारेज गर्न माग गर्दै बिद्यार्थीहरुले शुरु गरेको आन्दोलनले हिंसात्मक रुप लिँदै सयौँ जनाको ज्यान गएपछि उनको राजीनामा मागिएको थियो ।
त्याहाँ हसिनाले राजीनामा नदिए सैन्य कु हुने तयारी पछि हसिना भारत भागेकी हुन् । उनी केही समय भारतमा शरण लिएर त्यसपछि बेलायत जान सक्ने अनुमान गरिएको छ ।
सँयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले लोकतान्त्रिक विधिबाट मात्रै सत्ता परिवर्तन गर्न अपील गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline