भारत उत्तर प्रदेशमा कारका चालक निदाएपछि बससँग ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारत उत्तर प्रदेशमा कारका चालक निदाएपछि बससँग ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • सोमवार, साउन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

साउन २१ एजेन्सी । भारतको उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गएराति आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो।

इटावाका एसएसपी कुमार बर्माका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो। दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो। बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी