अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन्। उनले दलका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन्।
बीबीसीका अनुसार फोनमा कुरा गर्दै ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताइन्।
ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन्, जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा छनोट गरिएको छ।
उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराइन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट अलग गर्दै ह्यारिसलाई समर्थन गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline