एजेन्सी साउन १७ । प्यालेष्टाईनी समुह हमासका प्रमुख ईस्माईल हनियाको ईजरायलले तेहरानमा गरेको हत्याको कडा र दर्दनाक सजाय दिने ईरानले घोषणा गरेको छ ।
ईरानका सर्वोच्च नेता आयातुल्लाह खुमेनिई र नवनिर्वाचित राष्ट्रपति सेना प्रमुख सबैले एकै स्वरमा इजरायललाई कठोर सजाय दिने चेतावनी दिएका हुन् ।
आज हानियाको अन्तिम दाहासंस्कार हुँदैछ । उनको शवलाई प्रार्थनाका लागि राखिएको छ ।
हानियाको हत्यापछि ईरानले यस अघि सिरीयाको वाणिज्य दुतावासमा हमलापछि २ सय बढी क्षेप्यास्त्र र रकेट ईरानले ईजरायलमाथि प्रहार गरेको थियो ।
त्यो भन्दा शक्तिशाली हमला गर्ने आशंका गरिएको छ । एकातिर हेजबुल्लाहले ईजरायलमाथि शसक्त हमला गर्ने चेतावनी दिईरहेका बेला लेवननमा ईजरायलले निरन्तर बम बर्षाईरहेको छ ।
हानियाको हत्यापछि ईजरायल बिरुद्ध मुस्लिम देशहरु एक हुन सक्ने आशंका बढेको छ । सो आशंकामा ईजरायलले धमाधम विदेशी सरकारहरुलाई पत्र लेखेर हमासलाई रोक्न आग्रह गरीरहेको छ ।
टर्कीले पनि ईजरायलले प्यालेष्टाईनीमाथि अत्याचार गरीरहेको भन्दै ईजरायलमा आफ्नो सेना प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । यी पछिल्ला परिघटनाहरुले मध्वपूर्वमा भीषण युद्धको खतरा मडारीरहेको छ ।
अक्टोबर ७ देखि ईजरायलले गाजामा प्यालेष्टाईनीहरुमा माथि निरन्तर हमला गर्दा दशौँ हजार महिला बालबालिका सहित निहत्था नागरिकको मृत्यु भईसकेको छ ।
यसका बाबजुद अमेरीकाले निरन्तर ईजरायललाई समर्थन गर्दै हतियार दिईरहेको छ ।