म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

  • बुधबार, साउन १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

म्यानमाको सेनाप्रति बफादार (जुन्टा) ले बुधबार आपतकालीन अवस्थालाई छ महिनाका लागि विस्तार गरेको छ ।

सरकारले आपतकालिन अवस्थाको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको स्थानीय प्रसारक एमआरटिभीले जनाएको छ ।

सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो ।

स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा यसले आपतकालिन अवस्थालाई धेरै पटक विस्तार गरेको छ ।

म्यानमाको सेनाले बनाएको सन् २००८ को संविधान जुन्टाले अझै पनि लागु गरिरहेको छ । संविधानले आपतकालिन अवस्था हटेको छ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मामा सेना र विपक्षीबिचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी