ईरानमा हमासका नेता हनियाको हत्या

ईरानमा हमासका नेता हनियाको हत्या

  • बुधबार, साउन १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

इरानले हमासका नेता इस्माइल हनियेको हत्या भएको दाबी गरेको छ। इरानी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक विभागको शीर्षमध्येका नेता हानियेको हत्या भएको हो।

उनको हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। इरानले उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक पनि गरिसकेको छैन। हानिये कतारको राजधानी दोहामा बस्दै आएका थिए।

हानियेको हत्या इसराइलले गराएको दाबी गरेपनि इसराइलले यसबारेमा कुनैपनि प्रतिक्रिया दिएको छैन।

यद्यपि, अक्टोबर ७ मा हमासले इसराइलमा गरेको आक्रमणपछि इसराइलले हमासका सम्पूर्ण नेता र लडाकुहरूलाई मार्ने वाचा गरेको थियो।

त्यतिबेला हमासको आक्रमणमा नेपालका दस जनासहित १ हजार २ सय जनाको मृत्यु भएको थियो भने विपिन जोशीसहित २४० जनालाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

इसराइलको आक्रमणमा परी हालसम्म ३९ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १ लाख मानिसहरू घाइते छन्। यो हत्याको पछि ईजरायलको हात रहेको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी