एजेन्सी साउन १४ । टर्कीका राष्ट्रपति रिसेप तैयस एर्दोगनले ईजरायलले गाजामा अत्याचार गरीरहेको भन्दै सो देशमा प्रवेश गर्न सक्ने चेतावनी दिएका छन् ।
उनले प्यालेष्टाईनीहरुको रक्षाका लागि टर्की प्रवेश गर्न सक्ने चेतावनी दिएका हुन् ।
लिविया र नागोर्नो काराबाखमा टर्की प्रवेश गरे जस्तै ईजरायलमा पनि प्रवेश गर्न सक्ने एर्दोगनको भनाई छ ।
टर्कीले ईजरायलले गाजामा आक्रमण शुरु गरे लगत्तै निरन्तर बिरोध गर्दै आएको छ ।
नागोर्नो काराबाखमा टर्कीको समर्थनका कारण अजरबैजानले यो भूमि कब्जा गर्न सफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline