दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

  • शुक्रबार, साउन ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, ११ साउन । अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो ।

स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो ।

जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो ।

जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन ।

गत महिना, कमनवेल्थ वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनका वैज्ञानिकहरूले जहाज पत्ता लगाउन खोजी सुरु गरेका थिए । यसका लागि उक्त स्थानमा उच्च प्रविधियुक्त जहाज पठाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार उनीहरुले जहाजको भग्नावशेष जमिनको सतहबाट १७० मिटर तल फेला पारेका छन् । यस जहाजको डिजाइन र आकार एमभी नुनगाह जहाजसँग मेल खाएको उनीहरुले बताएका छन्  । अब सिड्नी प्रोजेक्ट अन्तर्गत जहाजको जाँच हुने रिपोर्टमा बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी