थाइ अदालतले पूधानमन्त्री थाभिसिनको मुद्दामा अगस्टमा १४ मा फैसला गर्ने

थाइ अदालतले पूधानमन्त्री थाभिसिनको मुद्दामा अगस्टमा १४ मा फैसला गर्ने

  • बुधबार, साउन ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बैङ्कक, थाइल्याण्ड, ९ साउन ।
थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा थाइल्याण्डको सर्वोच्च अदालतले अर्को महिना फैसला सुनाउने भएको छ ।

गत मे महिनामा अदालतले ४० जना पूर्व सिनेटरले स्रेथालाई पदबाट हटाउन माग गर्दै दायर गरेको निवेदनलाई स्वीकार गरेको थियो ।

सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महिना जेल सजाय भोगेका पिचित चुएनबानलाई मन्त्री बनाएपछि श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गरिएको हो ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्व वकिल पिचित विवादमा आएपछि पछि श्रेतालाई जोगाउन मन्त्रीमण्डलबाट राजीनामा दिनुभएको थियो ।

संवैधानिक अदालतले श्रेताविरुद्धको मुद्दामा अगस्ट १४ मा फैसला सुनाउने छ ।

कुनै पनि गलत कामलाई अस्वीकार गर्दै आएकी सिनावात्राको फेउ थाई पार्टीकी नेता श्रेता सिनावात्रा सन् २०२३ को चुनावपछि सेनासँग सम्बन्धित दलसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी