असार १४ एजेन्सी । माल्दिभ्समा एक जना महिला मन्त्रीलाई बोक्सीको आरोपमा पक्राउ गरिएको छ ।
पर्यावरण राज्य मन्त्री फतिमा शमनाज अली सलीमलाई राष्ट्रपति मोहम्मद मुईज्जुलाई जादु टोना गरेर आफ्नो बसमा पार्न खोजेको भन्दै गिराफ्तार गरी हिरासतमा राखिएको छ । उनी सहित तीन जना पक्राउ परेकालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति समेत दिएको छ ।
मन्त्री फतिमालाई पदबाट समेत निलम्बन गरिएको छ । माल्दिभ्स सरकार र प्रहरीले उनलाई जेल हाल्नुको कारण काला जादु भनेर नबताए पनि त्याहाँका स्थानीय सञ्चार माध्यमहरुले यो समाचार प्रकाशित गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline