एजेन्सी असार १२ । केन्यामा कर बृद्धिको बिरोधमा जनता बिद्रोहमा उत्रिएका छन् । आक्रोशित प्रदर्शनकारीले मंगलबार केन्याको राजधानी नैरोबीमा रहेको संसद भवनमा आगो लगाई दिएका छन् । आगो लाग्दा सांसदहरु पनि भित्रै रहेका थिए । तर सुरक्षा फौज र फायर ब्रिगेड टोलीले आगो निभाएर सांसदहरुलाई उद्धार गरेका थिए ।
त्यस क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।
केन्याको संसदले एक आर्थिक विधेयक पारित गरेको छ । जसले सेनिटरी प्याड र डाईपर जस्ता वस्तुको मुल्यबृद्धि हुनेछ ।
त्यसैको बिरुद्धमा त्याहाँ प्रदर्शन चलिरहेको छ । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भईसकेको छ भने सँंयौ घाईते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline