खुफिया सूचना सार्वजनिक गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायतबाट रिहा

खुफिया सूचना सार्वजनिक गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायतबाट रिहा

  • मङ्लबार, असार १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन्।

बीबीसीका अनुसार एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन्।
अमेरिकी प्रशासनसँगको सम्झौतापछि लन्डन उच्च अदालतबाट धरौटीमा रिहा हुन पाएका हुन्।

५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो।

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेका इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो। अदालतको पत्रअनुसार जुलिअन अस्ट्रेलिा फर्किनेछन् ।

‘जुलिअन असान्ज स्वतन्त्र छन्’, विकिलिक्सले सोसल मिडिया प्लेटफर्म एक्समा भनेको छ, ‘१९०१ दिनको कारावास पछि उहाँ जुन २४ (सोमबार) बिहान बेलमार्स जेलबाट बाहिर निस्कनुभयो। उनले लन्डन उच्च अदालतबाट जमानत पाए।’

विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयासका कारण जुलिअन असान्ज रिहा हुन सफल भएको विकिलिक्सले उल्लेख गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ