भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु

भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु

  • बिहिबार, असार ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ । भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुले विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएका छन् ।

प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने उनको साथबाट करिब दुई सय लिटर विषालु मदिरामा मिथानोल मिसाइएको बरामद भएको छ ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ । उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।

२० भन्दा बढीलाई कल्लाकुरिची मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । १८ जनालाई पुडुचेरी जिपमेर र ६ जनालाई सलेममा पठाइएको थियो । उनीहरुको उपचारका लागि विल्लुपुरम, तिरुवन्नमलाई र सलेमबाट औषधि ल्याइएको छ ।

कल्लाकुरिची अस्पतालमा चिकित्सकको विशेष टोली बोलाइएको छ । घटनास्थलमा स्वास्थ्य विभागका उच्च अधिकारीहरु उपस्थित छन् ।

यस घटनापछि कल्लाकुरिचीका डीएम श्रवणकुमार जाटवाथको सरुवा गरिएको छ भने एसपी समय सिंह मीनालाई निलम्बन गरिएको छ । यसबाहेक कल्लाकुरिची जिल्लाको निषेधाज्ञा शाखाका प्रहरीसहित ९ प्रहरी निलम्बनमा परेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ