पश्चिमाहरुको घेराबन्दी तोड्न पुटिनले चालेका रणनीतिक कुटनीति, उत्तर कोरीयासँग रणनीतिक समझदारीमा हस्ताक्षर हुँदै

पश्चिमाहरुको घेराबन्दी तोड्न पुटिनले चालेका रणनीतिक कुटनीति, उत्तर कोरीयासँग रणनीतिक समझदारीमा हस्ताक्षर हुँदै

  • बुधबार, असार ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

१९९१ मा तात्कालिन सोभियत संघको विघटनपछि फ्रान्सिस फुकुयामा जस्ता अमेरीकी लेखकहरुले ईतिहासको अन्त्य जस्ता तर्क गरेका थिए । किनकि त्यो बखत सम्म अमेरीका र सोभियत संघको विश्वव्यापी प्रभावको संघर्ष चलिरहेको थियो ।

जब सोभियत गणराज्यहरु अलग अलग भए त्यसपछि रुस शिथिल बन्यो । तर विस्तारै सुसुप्त रुपमा वर्तमान रुसी राष्ट्रपति नेतृत्वमा आएपछि देशलाई यति सुदृढ गरेका छन् कि दुई बर्ष भन्दा बढी लामो समयदेखि युक्रेनी मैदानमा सबै पश्चिमा शक्तिहरुको हतियार र प्रविधि प्रयोग हुँदा पनि रुस एक्लैले डटिरहेको छ ।

देशको अर्थतन्त्र विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने दिशामा रहेको पुटिन स्वयंले बताईरहेका छन् ।

पश्चिमा देशहरुले रुसमाथि विभिन्न प्रतिवन्ध लगाउदै रुसी अर्थतन्त्र धराशायी हुने र युद्ध हार्ने विष्लेषण सहित युक्रेनमा पैसा र हतियार खन्याईरहेका छन् । तर पनि उनीहरु सफल हुन सकेका छैनन् ।

केही दिन अघि मात्रै जी ७ समुहको ईटालीमा सम्पन्न सम्मेलनले रुसको ७ अर्ब डलर बढीको वैदेशिक सञ्चिति कब्जा गरेर युक्रेनलाई दिने घोषणा गरेको छ ।

अमेरीकी गठबन्धनको यस्तो निर्णयले विश्वका तमाम देशहरुलाई डलरको विकल्प ाखोज्न मद्धत गरीरहेको छ । हुन पनि अहिले रुस र चीन भारत जस्ता देशहरुले आपसी कारोबार आफ्नै राष्ट्रिय मुद्रामा गरीरहेका छन् ।

सैन्य, आर्थिक कुटनीतिक सबै हिशाबले घेराबन्दीमा पार्न खोजिए पनि पुटिनले त्यो घेरा तोड्न सफल हुँदै गएका छन् ।

पहिलो पश्चिमाहरुको यो कदमले विश्वको सबै भन्दा टूलो भुभाग भएको रुस र दोस्रो ठूलो अर्थतन्त्र भएको चीनबीच सघन रणनीतिक साझेदारीको तहमा पुर्याएको छ । युद्धकै बीच पुटिनले बेईजिगं र सि जिन पिगंले मस्कोको भ्रमण गरेका छन् ।

त्यसपछि अर्को पश्चिमाहरुको प्रतिवन्धको मारमा परेको उत्तर कोरीया जो हतियार र सैन्य क्षमतामा शक्तिशाली छ उसँग रुसले सम्बन्ध सघन बनाएको छ ।

यसैको उपज २४ बर्षपछि पुटिन दोस्रो पटक उत्तर कोरीयामा उत्रिदा भव्य स्वागत र सम्मान पाएका छन् । आज १९६१, २००० र २००१ मा भएको रणनीतिक सम्भौताकै तहमा नयाँ विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । यसले अमेरीकालाई चिन्तित तुल्याउने छ । किनकि दक्षिण कोरीयामा अमेरीकाले सैन्य बेस राखेर उत्तर बिरुद्ध काम गरीरहेको छ । यस्तोमा बलियो रुस र उत्तर कोरीयाको साझेदारीले उसलाई थप चूनौती दिने छ ।

त्यसपछि पुटिन आजै भियतनामको भ्रमणमा जाँदैछन् । भियतनाम पनि अमेरीकासँग लामो युद्ध गरेर ब्युतिएको देश हो । अमेरीकाले भियतनामसँग कुटनीतिक सम्बन्ध बलियो बनाउदै गर्दा पनि रुसी राष्ट्रपतिलाई त्याहाँ भव्य स्वागत गर्ने तयारी छ । यो पनि पश्चिमाहरुका लागि चूनौतीको बिषय हुनेछ ।

अर्कोतिर अफ्रीकामा अमेरीका , फ्रान्स सहित देशहरु बिरुद्ध जनमत बढ्दो छ भने रुसको उपस्थिति र भूमिका बढीरहेको छ । नाईजरमा भएको सन्य कु को अमेरीकाले बिरोध गरेपनि अन्ततः रुसी समर्थनमा त्याहाँको सत्ता टिकेको छ ।

मध्वपूर्वमा पनि ईरानसँग अमेरीकाको दुस्मनी बढीरहँदा रुसको सम्बन्ध बिस्तारित छ । सो क्षेत्रका अन्य देशहरुसँगको कारोबारमा पनि अमेरीकी प्रतिवन्धको असर छैन ।

यसै गरी भारतसँग पनि रुसको सम्बन्ध सन्तुलित छ । भारतलाई रुसबाट तेल नकिन्न अमेरीकाले धम्क्याएको थियो । तर भारतले त्यसको वेवास्ता गर्दै रुसी तेल सस्तोमा खरीद गरेर अर्बौ डलर मुनाफा गरेको छ ।

समग्रमा सैन्य क्षेत्रमा तमाम हतियार पैसा खर्चिनुका बाबजुद युक्रेनी मैदानमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नु, आर्थिक प्रतिवन्ध मार्फत तहस नहस पार्ने प्रयास असफल हुनुले विश्वमा अमेरीकी नेतृत्वको प्रभाव अब कमजोर बन्दै गएको र दबिएको रुस र अन्य शक्तिहरु बहुध्रुवीय विश्व बनाउन सफल हुँदै गएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ