असार ४ काठमाण्डौँ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन २४ बर्षपछि उत्तर कोरीयाको भ्रमणमा जाँदैछन् । उनी दुई दिने भ्रमणका लागि आज जान लागेको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
पुटिनलाई उत्तर कोरीयाका राष्ट्रपति किम जोंग उनले विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरेका छन् ।
यो भ्रमणलाई क्रेमलिनले मैत्रीपूर्ण राजकीय भ्रमण भनेका छन् । पुटिनले २४ वर्ष अघि उत्तर कोरीयाको भ्रमण गरेका थिए । केही समय अघि किमले रुसको भ्रमण गरेका थिए ।
उत्तर कोरीयामाथि पश्चिमा देशहरुको प्रतिवन्धको पुटिनले बिरोध गर्दै आएका छन् ।
युक्रेनमा युद्ध जारी रहेका बेला पुटिनको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । पश्चिमा देशहरुले यो भ्रमणमा गोप्य रुपमा हतियारको सम्झौता हुन सक्ने आशंका गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline