पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीलाई निशुल्क प्रसाद भोजन गराउने तयारीमा छौंः पर्यटनमन्त्री तामाङ

पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीलाई निशुल्क प्रसाद भोजन गराउने तयारीमा छौंः पर्यटनमन्त्री तामाङ

  • शनिबार, जेष्ठ २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाई निशुल्क प्रसाद भोजन खुवाउने व्यवस्था गर्ने तयारी भईरहेको बताउनु भएको छ ।
पतन्जलि योग समिति नेपाल तथा महिला पतन्जलि योग समिति काठमाण्डौको सयुक्त आयोजनामा शनिवारबाट सुरुभएको तीन दिने बृहत योग शिविरको उद्घाटन गर्दै मन्त्री तामाङले पशुपति दर्शन गर्न आउने पर्यटकलार्ई एक छाक प्रसाद भोजन गराउने गरी योजना बनाईएको बताउनु भएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई पशुपतिनाथ मन्दिर दर्शन गरेपछि सहज रुपमा निशुल्क भोजन प्रसाद स्वरुप ग्रहण गर्न पाउने गरी कार्य भईरहेको भएपनि उक्त योजना कार्यन्वयनमा जान भने केही समय लाग्ने बताउनु उहाँले प्रष्ट पार्नुृभयो । पर्यटकको सहजता र सहुलियतका लागि उक्त ब्यावस्था गर्न लागिएको उहाँको भनाई थियो ।

यसअघि पर्यटनमन्त्री तामाङको अग्रसरतामा नै आउने असार १ गतेदेखि धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय भईसकेको छ । मन्त्री तामाङ अध्यक्ष रहनुभएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको थियो । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खुल्ला रहने छ ।

यस्तै पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने भएको छ । हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । महाशिवरात्री पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गर्ने मरिएकोमा मन्त्री तामाङको पहलमा असार १ देखि चारै ढोका खुला गर्ने निर्णय भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ