वीरगञ्ज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता कडा

वीरगञ्ज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता कडा

  • बिहिबार, कार्तिक २६, २०८३
  • दिपक चौरसिया

  • 152
    SHARES

वीरगञ्ज २६ कार्तिक । पर्साको वीरगञ्जस्थित कारागारबाट एक कैदी फरार भएपछि सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको छ।

कारागारको सुरक्षा घेरा तोडेर पोखरिया नगरपालिका–सतवरिया निवासी कैदी सुनिल साह फरार भएका हुन्। प्राप्त जानकारीअनुसार साह आज बिहान कारागारभित्र सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको निगरानीबाट बाहिरिँदै फरार भएका थिए।

कारागारभित्र लामो समयदेखि विश्वास कायम गरेका उनलाई सरसफाइको काममा खटाइएको बेला उक्त घटना भएको बताइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको घटनाको पुष्टि गर्दै सुरक्षा निकाय परिचालन गरी खोजी कार्य अघि बढाइएको जानकारी दिएका छन्।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई परिचालन गरिएको छ। फरार कैदी भारततर्फ भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमावर्ती क्षेत्र, मुख्य नाकाहरू तथा सम्भावित आवतजावतका स्थानमा सुरक्षा निगरानी र चेकजाँच कडा पारिएको छ।

कडा सुरक्षा व्यवस्था रहेको कारागारबाटै कैदी फरार भएपछि कारागार प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। कैदी सरसफाइ गर्ने क्रममा कसरी सुरक्षा घेरा पार गर्न सफल भए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

यसैबीच, घटनाको वास्तविक कारण र सम्भावित सुरक्षा कमजोरी पत्ता लगाउन कारागार प्रशासनले आन्तरिक छानबिन सुरु गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईले घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

फरार कैदीको खोजीका लागि सुरक्षा निकायले विभिन्न स्थानमा निगरानी बढाउनुका साथै घटनासँग सम्बन्धित सुरक्षा व्यवस्थाको समेत समीक्षा गरिरहेको छ।

कारागारजस्तो संवेदनशील र उच्च सुरक्षा निगरानीमा रहने स्थानबाटै कैदी फरार हुनुले वीरगञ्ज कारागारको सुरक्षा व्यवस्थापन र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ