गाजामा ईजरायलद्धारा शरणार्थी शिविरमा आक्रमण ३२ जना महिला बालबालिकाको मृत्यु

गाजामा ईजरायलद्धारा शरणार्थी शिविरमा आक्रमण ३२ जना महिला बालबालिकाको मृत्यु

  • शुक्रबार, जेष्ठ २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको एक शरणार्थी शिविरमा आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् ।

जबकि हमासको अल(अक्सा मिडियाले आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ । इजरायलको रक्षा बलले यो आक्रमणको पुष्टि गरेको छ । आइडीएफले विद्यालयमा हमासको नुख्बा फोर्सका लडाकुहरूले शरण लिएको दाबी गरेको छ । इजरायलले हवाई आक्रमणमा उनलाई निशाना बनाएको थियो ।

इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि, १० लाखभन्दा बढी मानिसहरू घरबारविहीन भएका छन् । उनीहरूले गाजाका विभिन्न ठाउँमा विद्यालय र अस्पतालमा शरण लिएका छन् । समाचार एजेन्सी एपीका अनुसार नुसिरत शरणार्थी शिविर गाजा पट्टीको बीचमा अवस्थित छ। सन् १९४८ मा इजरायलको स्थापनापछि लाखौं प्यालेस्टिनीहरू घरबारविहीन भएका थिए। उनीहरुलाई आश्रय दिन नुसिरत शिविर निर्माण गरिएको हो ।

आइडीएफले विद्यालयमा आक्रमण गर्नुअघि पूर्ण योजना बनाइएको दाबी गरेको छ । यस क्रममा त्यहाँ उपस्थित आम नागरिकलाई धेरै नोक्सान नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो । यसका लागि उक्त क्षेत्रको हवाई निगरानी गरिएको थियो । साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको थियो ।

इजरायली आक्रमणपछि गाजामा रहेको हमास नेतृत्वको सरकारको मिडिया कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । उनले विद्यालयमा भएको आक्रमणलाई नरसंहार भनेका छन् । मिडिया कार्यालयका प्रवक्ता इस्माइल अल थाब्ताले घाइतेहरूलाई अल(अक्सा सहिद अस्पतालमा भर्ना गरिएको बताए।

अल जजीराको रिपोर्टका अनुसार युएन रिलिफ एण्ड वर्क एजेन्सीले युद्धअघि गाजामा १८३ विद्यालय सञ्चालन गरेको थियो । युद्ध सुरु भएदेखि नै यी विद्यालयका भवनहरू शरणार्थी शिविरमा परिणत भएका छन् ।

८ महिनादेखि जारी इजरायली आक्रमणमायी विद्यालयमा आश्रय लिएका ४५५ जनाको मृत्यु भएको छ । यसअघि ११ र १३ अप्रिलमा पनि इजरायलले नुसरात शरणार्थी शिविरका विद्यालयमा तीनपटक आक्रमण गरेको थियो । यस अवधिमा ७ जनाको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ