काठमाडौँ जेठ २३ । काठमाडौंको चाबहिल सरस्वतीनगरमा चञ्चल बहादुर सिंहले तीन छोरी, श्रीमती र आफैलाई मट्टितेल खन्याएर आगो लगाएका छन् ।
सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आगो लागेका पाँच जनालाई नै कीर्तिपुर स्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।
२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
सिंहले मादक पदार्थ सेवन गरेर झगडा गर्ने क्रममा आगो लगाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline