पं.नवराज शारदा स्मृति समाजको तेस्रो बार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

पं.नवराज शारदा स्मृति समाजको तेस्रो बार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

  • आइतवार, जेष्ठ २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती तथा पं.नवराज शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सव को उपलक्ष्यमा, पं.नवराज शारदा स्मृति समाजले बिभिन्न धार्मिक सांस्कृतिक कार्यक्रम गरि मनाएको छ । “समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ समय सापेक्ष हाम्रा विविध संस्कारहरु तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लानुका साथै आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गर्ने र यसका माध्यमबाट यथासक्य शिक्षा क्षेत्रमा योगदान पुर्याउने उधेश्यकासाथ यो संस्था स्थापना भएको हो ।”

पाँचजना बटुकहरुद्वारा स्वस्ती वाचन तथा प्रमुख अतिथि बानेश्वर भिमसेनगोला वडा नं ३१ का वडाअद्यक्ष सरोज ढकालले पानसमा दीप प्रज्वलन तथा पं.नवराज पौडेल तथा शारदा देवी पौडेल ज्यूको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । पं. नवराज शारदा स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका सदस्य पदाधिकारी, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष उक्त संस्थाले रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालय बानेश्वरमा अध्यनरत असहाय, अनाथ, गरिव, जेहेन्दार विधार्थीहरुका लागी आवश्यक स्टेश्नरीका सामानहरु उपलब्ध गराईरहेको छ, उक्त अवसरमा हाम्रा धार्मिक संस्कार र संस्कृति सम्बन्धि सामुहिक छलफल तथा अन्र्तरक्रिया समेत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ