ईजरायली हमलामा दर्जनौ प्यालेष्टाइनीको जिँउदै जलेर मृत्यु

ईजरायली हमलामा दर्जनौ प्यालेष्टाइनीको जिँउदै जलेर मृत्यु

  • बुधबार, जेष्ठ १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ । गाजाको राफाहमा इजरायली हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘दुःखद दुर्घटना’ भनेका छन् तर अन्तर्राष्ट्रिय समुदायबाट विरोध बढिरहेको छ।

अल्जेरियाले सुरक्षा परिषद्को बैठक बोलाएको छ । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि राफाहमा भएको आक्रमणको निन्दा गरेका थिए । उनले यहाँको अवस्था भयावह रहेको भन्दै यसलाई रोक्नु पर्ने बताए । उनले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताए ।

आइतवार, इजरायलले रफाहमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तिमा ४५ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ईजरायलले हवाई हमला गर्दा केही मानिसको जिँउदै जलेर मृत्यु भएको बताईएको छ ।

राष्ट्रसंघ सहित थुप्रै अन्तराष्ट्रिय समुदायले आक्रमणको निन्दा गरेपनि हतियार दिएर यस आक्रमणलाई अमेरीकाले बल पुर्याईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ