चीनीया जनमुक्ति सेनाले ताईवानको चारै दिशामा घेराबन्दी गरेर बिशाल सैन्य अभ्यास शुरु गरेको छ । चारै दिशालाई ब्लक गरेर जनमुक्ति सेनाको जल, थल हवाई सेना र रकेट फोर्स सामेल गरेर यो अभ्यास जारी राखिएको छ ।
यो अभ्यास ताईवानलाई चीनमा गाभ्ने अभियानको हिस्साको रुपमा रहेको छ ।
यो सैन्य अभ्यास ताईवानका पृथकतावादी शक्ति र आन्तरीक मामलामा हस्तक्षेप गर्ने बाह्य शक्तिका लागि चेतावनी भएको जनमुक्ति सेनाले जनाएको छ ।
चीनले ताईवानलाई आफ्नो भूमि मान्दै आएको छ । चीनीया कम्युनिष्ट पार्टीले १०४९ मा सत्ता कब्जा गर्दा तात्कालिन चीनीया राष्ट्रपति च्याङकाई सेक भागेर ताईवानमा बसेका थिए । सो समयदेखि ताईवान अलग रहँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline