रिसिवी साँध्न गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेर मलाई कार्यकक्षबाट पक्रउ गरियो : सिरोहिया

रिसिवी साँध्न गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेर मलाई कार्यकक्षबाट पक्रउ गरियो : सिरोहिया

  • मङ्लबार, जेष्ठ ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

गृहमन्त्री रवि लामिछानेले पहिलो पटक दोहोरो नागरिकता प्रकरणमा आफूले पदबाट राजीनामा दिन बाध्य भएपछि १२ भाई मिडियाकर्मीका बिरुद्ध आक्रोश पोखेका थिए । ती १२ भाई मध्य पहिलो नम्बरमा उनले व्यक्तिगत रुपमै गाली गलौज गरेको पहिलो नाम थियो कैलाश सिरोहिया ।

सिरोहियाको नाम उल्लेख हुनुको मुख्य कारण थियो दोहोरो नागरिकता र पासपोर्टको मुद्धा कान्तिपुरले निरन्तर प्रकाशित गर्नु ।

अहिले फेरी गृहमन्त्री बनेका लामिछानेले शक्तिको दुरुपयोग गर्दै सिरोहियालाई कान्तिपुरको मुख्य कार्यलयको कार्यकक्षबाटै पक्राउ गराएका छन् ।

पछिल्लो समय सहकारी ठगी प्रकरणमा कान्तिपुरले नै बढी समाचार लेख्दै आएको छ । लामिछाने सहितमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान सहित काँग्रेसले सदन अवरोध गरीरहेका बेला सिरोहिया पक्राउ परेका हुन् ।

सिरोहियाले पक्राउ परेपछि प्रतिकृया दिँदै सहकारी ठग्ने र दोहोरो पासपोर्ट बोक्ने रवि लामिछानेका बिरुद्ध पनि पक्राउ पूर्जी जारी हुनेमा विस्वस्त रहेको बताए ।

उनले छानविनमा सहयोग गर्छु भन्दा भन्दै कार्यकक्षबाटै पक्राउ गरिएको भन्दै लोकतन्त्रमा सरकार र गृहमन्त्रीले अधिनायकबाद देखाएको टिप्पणी गरे ।
सिरोहिया पक्राउ प्रति चौतर्फी बिरोध भईरहेको छ ।
धेरै क्षेत्रबाट यो पक्राउलाई गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको टिप्पणी आईरहेको छ । एक सिरोहिया आफै प्रहरी वा अदालतमा हाजिर हुन सक्ने अवस्था थियो ।
उनले छानविनका लागि सहयोग गर्ने बताईरहेका थिए । त्यस्तो अवस्थामा समेत उनलाई कान्तिपुरको कार्यलयबाटै नियन्त्रणमा लिनुलाई लामिछानेले रिसिईवी साँध्न शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ