सिनियरलाई छुटाउदै नेपाल प्रहरीका चार एसएसपीको डिआईजीमा बढुवा सिफारीस

सिनियरलाई छुटाउदै नेपाल प्रहरीका चार एसएसपीको डिआईजीमा बढुवा सिफारीस

  • शनिबार, जेष्ठ ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन्।

शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

पोखरेल एसएसपीमा पहिलो नम्बरमा थिए। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएका हुन्। उनी आगामी भदौ १५ गते अनिवार्य अवकास हुनेछन्।

बाँकी तीन एसएसपी भने तीन ब्याचलाई टप्दै अगाडि आएका हुन्।

प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द भए पनि उनीहरू डीआईजी बढुवाको सिफारिसमा परेनन्।

यस्तै राष्ट्रिय अनुसन्धान विभागमा २०५३ सालमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोली पनि डीआईजी बढुवामा छुटाइएको छ।

सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदी पनि बढुवामा परेनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ