राष्ट्रपतिको पाँचौ कार्यकाल सम्हाले लगत्तै रुसी राष्ट्रपति भ्लादीमीर पुटिन चीन भ्रमणमा जाने तय भएको छ । उनी यसै साता चीन पुग्ने क्रेमलिनले जनाएको छ ।
मे १६ र १७ मा चीनको भ्रमण हुने र यस क्रममा चीनीया राष्ट्रपति सि जिन पिङसँग महत्वपूर्ण भेटवार्ता हुने रुसले जनाएको छ ।
रुस युक्रेन युद्ध चलिरहेका बेला अमेरीका सहित पश्चिमा देशहरुले पुटिनमाथि विभिन्न प्रतिवन्ध लगाएका बेला उनी चीन जान लागेका हुन् ।
अहिले रुस चीन महत्वपूर्ण रणनीतिक साझेदारका रुपमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline