सन्दीप लामिछानेको मुद्धामा आज पेशी

सन्दीप लामिछानेको मुद्धामा आज पेशी

  • मङ्लबार, जेष्ठ १, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

नेपालका महत्वपूर्ण क्रिकेटर सन्दीप लामिछानेको बिरुद्ध परेको जबरजस्ती करणी मुद्धाको सुनुवाई आज हुँदैछ । अमेरीका र वेष्ट ईन्डिजमा हुने विश्कप खेल्न सन्दीप लामिछानेले पाउनु पर्छ भन्ने आवाज सडक सम्म उठिरहेका बेला अघिल्लो साता स्थगित पेशी आज चढेको हो ।

आजको सुनुवाईबाट फैसला भएमा उनले विश्वकप खेल्न पाउने नपाउने टुंगो लाग्नेछ ।

सन्दीपले आफ्नो गल्ती भए जेल हैन फासी दिन भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सन्दीपको पक्षमा सडकमै नाराबाजी समेत हुन थालेको छ ।

गौशाला २६ ले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए । उनी केही समय जेल बसेर पुनः क्रिकेटमा फर्किएका थिए । तर फेरी पुनरावेदन परेकाले उनले क्रिकेट खेल्न पाएका छैनन् ।

आगामी विश्वकप नेपालका लागि ऐतिहासिक भएकाले पनि सन्दीपलाई खेल्न दिनु पर्ने माग क्रिकेट समर्थकको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ