वर्षाले बुटवलको व्यापारी केन्द्र अमरपथ र न्युरोड डुबानमा

वर्षाले बुटवलको व्यापारी केन्द्र अमरपथ र न्युरोड डुबानमा

  • आइतवार, बैशाख ३०, २०८१
  • डम्मर दत्त भट्ट

  • 8.8K
    SHARES

बुटवल, ३० वैशाख गएराति देखि परेको अबिरल वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुवानमा परेका छन् । भारी वर्षाले बुटवलको व्यापारिक रुपमा रहेको अमरपथ ,न्युरोड क्षेत्र जलमग्न भएको छ भने केही घर पसलहरु हिलाम्य भएका छन् ।

पसल भित्र पानी र हिलो पस्था सामानहरु खराब भएका छन् । त्यसैगरी राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् । स्थानीय समासेवी तथा व्यापारि अनिल कुवँरले नाला माथि बाटो बनाउदा धेरै समयदेखि प्लास्टिकजन्य वस्तु नालाहरुमा फाल्दा नाला बुझिन गई यस्तो अवस्था आएको बताए ।

नगरपालिकाले सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहन सुझाएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले के कति क्षेति भाको भन्ने अहिले सम्म कुनै क्षेत्रबाट केही जानकारी नआएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ