जे.भी.फाउन्डेसनको स्थापना दिवश र वैद्यको जन्मोत्सव भव्य रुपमा मनाईयो

जे.भी.फाउन्डेसनको स्थापना दिवश र वैद्यको जन्मोत्सव भव्य रुपमा मनाईयो

  • शनिबार, बैशाख २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं। जे.भी. फाउन्डेसन नेपालको ४७औं स्थापना दिवश र संसस्थापक केन्द्रिय अध्यक्ष माननीय राष्ट्रिय समाजसेवी प्रा.डा जगदीश वैद्यको जन्मोत्सव भब्य रुपमा मनाईएको छ । अक्षय तृतीयाको दिन काठमाडौंकोजिल्ला समन्वय समितिको सभाहलमा माननीय वैद्यको जन्मदिनको अवसरमा कार्यक्रमकोअअयोजना गरिएको थियो । वैद्यकोजन्मदिन र फाउन्डेसनको स्थापना दिवश एकै दिन परेको हो ।

ललितपुर जिल्ला महालक्ष्मी नगर पालिका वडा.८ लुभुमा जन्मिनुभएका वैद्य स्थानीय सरकारको प्रमुख सल्लाहकार हुनुहुन्छ ।यो वैद्यको ७१ औं जन्मदिन हो।

उक्त अवसरमा जे.भी.फाउन्डेसन रास्ट्रिय अध्यक्ष माननीय देबि माया सुनुवार,वरिष्ठ उपाध्यक्ष बिण्णु साम्पाङ,सचीव रोजिना गुरुङ ,प्रवक्ता सिर्जना तिम्सिना र निर्देशक असोक अधिकारी लाई फाउन्डेसनले सम्मान गरेको थियो ।

जन्म दिन समारोहमा गृह मन्त्रालयका पुर्ब उप सचीव भरत शर्मा, जिसस काठमाडौंका अध्यक्ष सन्तोश बुढाथोकी लगायतकोपनि उपस्थिती थियो ।
सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको फान्डेसनको नेपाल, भारतलगायत विश्वका ७७ वटा मुलुकमा कायालय रहेको अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

बि.स. २०३५ सालदेखि समाजसेवा क्षेत्रमा सक्रिय भएर लाग्नुभएका प्रा।डा। वैद्यले व्याक्तिगत तथा फाउन्डेसनमार्फत निस्वार्थ रुपमा समस्यामा परेकाहरूलाई सहयोग गर्दै आउनुभएको छ । ०३५ सालमा पशुपतिमा रक्तदान र शव जलाउन आर्थिक सहयोग तथा सहभागीता जनाएर सुरु भएको प्राडा वैद्यको समाजसेवा तथा अभियानले हाल पनि निरन्तरता पाईरहेको छ । अहिले पनि शव जलाउन समेत पैसा नभएका, आफन्त नभएका र बेवारिसे अवस्थामा भेटिएका शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएकाहरुलाई पनि आईरहेको प्राडा वैद्य नेतृत्वको फाउन्डेसनले हालसम्म ६० हजार शव जलाउन आर्थिक सहयोग गरिसकेको छ । पैसा कै अभावमा कसैको शव बेवारिसे बन्न नपुगोस भन्ने उदेश्यले सहयोग गर्ने गरिएको प्राडा वैद्य बताउनुहन्छ ।

अध्यक्ष प्रा.डा. वैद्य आफैले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसक्नुभएको छ । साथै उहाँले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।
यस्तै जाजरकोट केन्द्र बिन्दु भएर आएको भुकम्प पिडितहरु मध्ये महिलाहरुलाई महिनावारी हुदा प्रयोग हुने सेनिटरी प्याड टावल पन्ध्र हजार कार्टुन, जुत्ता एक हजार जोर, त्रिपाल पाँच हजार थान, कम्मल पच्चिस हजार थान, बल्याङ्केट बीस हजार थान, न्यानो लुगा बीस हजार थान, विभिन्न औषधि पचास कार्टून फाउन्डेसनले सहयोग गरिसकेको छ ।

फाउन्डेसनको भारत समितिले नेपाल भरी सातै प्रदेश ७७ जिल्ला ७५३ पालिकामा विभिन्न हिन्दु धार्मिक मन्दिरमा नासेको मासेको हराएको मुर्ति ,घण्ट,गजुर,सिह,त्रिशुल,नन्दीलगायत राख्न तथा गुरुकुललाई खाद्यान्न र लत्ताकपडा समेत गरि नेपालस्थित फाउन्डेसन कार्यालयमार्फत ठूलो सहयोग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ