काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जे.भि. फाउन्डेशन अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई अन्तरास्ट्रिय सोसल अवार्डबाट सम्मानित हुनु भएकोमा बधाई दिनुभएको छ ।
जर्मन हसेन विश्वविद्यालयबाट महा विद्यावारीधि (डाक्टर) दिक्षान्त समारोहबाट दिक्षित भएकोमा मन्त्री जोशीले प्रा.डा. वैद्यलाई बधाई तथा शुभकामना दिनुभएको हो ।
ललितपुर महानगर पालिका वडा.न.१५ ताल्छिखे निवासी वैद्य बि.सं. २०३५ सालदेखि निरन्तर रुपमा समाजसेवामा सक्रिय हुनुहन्छ । वैद्यले व्याक्तिगत तथा फाउन्डेसनमार्फत निस्वार्थ रुपमा समस्यामा परेकाहरूलाई सहयोग गर्दै आउनुभएको छ । ०३५ सालमा पशुपतिमा रक्तदान र शव जलाउन आर्थिक सहयोग तथा सहभागीता जनाएर सुरु भएको प्राडा वैद्यको समाजसेवा तथा अभियानले हाल पनि निरन्तरता पाईरहेको छ । अहिले पनि शव जलाउन समेत पैसा नभएका, आफन्त नभएका र बेवारिसे अवस्थामा भेटिएका शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएकाहरुलाई पनि आईरहेको प्राडा वैद्य नेतृत्वको फाउन्डेसनले हालसम्म ६० हजार शव जलाउन आर्थिक सहयोग गरिसकेको छ ।

अध्यक्ष प्रा।डा। वैद्य आफैले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसक्नुभएको छ । साथै उहाँले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।