रुसमा बिशाल सैन्य परेड, घातक हतियारहरुको प्रदर्शन गरी पश्चिमालाई कडा सन्देश

रुसमा बिशाल सैन्य परेड, घातक हतियारहरुको प्रदर्शन गरी पश्चिमालाई कडा सन्देश

  • शुक्रबार, बैशाख २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रुसले भव्य रुपले बिजयी दिवस मनाएको छ । स्टालिनको नेतृत्वमा तात्कालिक सोभियत संघले १९४५ मा हिटलरको नाजी जर्मन सेनालाई पराजित गरेको दिनलाई रुसमा बिजयी उत्सवका रुपमा मनाईन्छ ।

पाँचौ ऐतिहासिक कार्यकालका लागि निर्वाचित रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले यो बिजयी परेडको अवलोकन गर्दा परमाणु बमको स्वीच भएको ब्रिफकेस बोकेका थिए ।

अमेरीकाको अब्राहम ट्याकदेखि जर्मनीको लियोपार्ड टैंक सम्म रुसले युक्रेनमा कब्जा गरेर सैन्य प्रदर्शनीमा राखेको थियो ।

यो परेडमा करीब ९० हजार सेना सामेल भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

युक्रेनमा युद्ध जारी रहेका बेला अमेरीका र नाटो देशहरुसँग प्रत्यक्ष युद्धको संभावनाका कारण रुसले आफ्नो घातक र अत्याधुनिक हतियार प्रदर्शन गरेर कडा सन्देश दिएको छ ।

सो समारोहमा बोल्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले विश्व युद्ध रोक्न प्रयास गर्ने तर रुसी सार्वभौम सत्तामाथि कसैले पनि धावा बोले कडा जवाफ दिने चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ