काठमाडौं, २८ वैशाख ।
जाजरकोटका भुकम्प पिडितलाई निरन्तर सहयोग पुर्याएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले जे.भी फाउन्डेसनका अध्यक्ष माननीय रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यलाई सम्मान गर्नुभएको छ ।
जे.भि.फाउन्डेसन मार्फत जे.भि.फाउन्डेसन केन्द्रिय अध्यक्ष वैद्यले कर्णाली प्रदेश अन्तर्गत जाजरकोट भुक्म्प पीडितहरुलाई निरन्तर विभिन्न राहत सहयोग गरेकोमा मुख्य मन्त्री शर्माले कदर पत्र सहित सम्मान गर्नु भएको हो ।
वैद्यले आफनो जीवन भरी कमायको आय बि.स.२०७२ सालको भुकम्पमा आर्थिक तथा भौतिक सहयोग गर्नुभएकाे थियाे । बि.स.२०५० सालको बाढि, पैहिरो राहत सहयोगमा तत्कालीन सरकारमा जम्मा भएको कुल राहतको ६०% राहत जम्मा गरि ठुलो किर्तिमान कायम गर्नुभएको बताइएको छ ।
सामाजिक कार्यमा निरन्तर सक्रिय ललितपुर महानगर पालिका वडा.न.१५ ताल्छिखे निवासी वैद्यलाई केही समय अघि जर्मन हसेन विश्वविद्यालयबाट महा विद्यावारीधि(डाक्टर) दिक्षान्त समारोहबाट साेसल अवार्ड बाट सम्मान पनि गरिएको थियोे ।