बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ

बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ

  • बिहिबार, बैशाख २७, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.9K
    SHARES

बुटवल, २७ वैशाख । बुटवल कालिकानगरमा रहेको एक फार्मेसीमा ईलाका प्रहरी कार्यालय बुटवलले छापा हानेको छ ।

कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक कमलबहादुर बिक रहेका छन् । औषधि जस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिस, सल्लाह बिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलले फार्मेसी सञ्चालकलाई पक्राउ गरेको हो । पेट दुख्दा खाने औषधि डाईसाकोमिन र पृगावलेन अौषधि दुखाई कम गर्न खाने गरिन्छ ।यी दुई औषधि मिलाएर खादाँ ड्रक्स जस्तै नसा दिने भएकाले लागुऔषध प्रयोगकर्ताहरुले प्रयोग गर्दै आको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागुऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको भनाई छ । प्रहरीले मेडिकल सञ्चालकको घरबाट पनि ठूलो परिणाममा त्यस्ता औषधिहरस फेला परेको बताएका छन्। प्रहरीले केही लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । औषधि ब्यवसायी संघ रूपन्देहीका उपाध्यक्ष नाराण थापाले डाक्टरको सल्लाह सुझाव, सिफारिसबिना औषधि बिक्री गर्नु गैरकानुनी रहेको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी