स्वास्थ्य मन्त्रालयको लापरबाहीले नारायणी अस्पतालको एमआरआई मेसिन थन्कियो ,विमारीहरु महगो शुल्क तिर्न बाध्य

स्वास्थ्य मन्त्रालयको लापरबाहीले नारायणी अस्पतालको एमआरआई मेसिन थन्कियो ,विमारीहरु महगो शुल्क तिर्न बाध्य

  • बिहिबार, बैशाख २७, २०८१
  • दीपक चौरासीया

  • 9.9K
    SHARES

बिरगंज । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको लापरबाहीका कारणले बिरगंजको सबै भन्दा पुरानो नारायणी अस्पतालमा रहेको करोडौंको एमआरआई मेसिन अहिले आर्थिक अभावले थन्किएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरन्जन साहले कम्पनीलाई बक्यौता रकम नतिर्दा मसिन अपडेट नहुदा बन्द भएको बताए ।

डाक्टर मेसु साहले भने अनुसार सरकारले अन्तर्राष्ट्रिय कम्पनी चाइना युनाइटेड इमेज कम्पनी बाट खरिद गर्ने बेलामा ८०५ प्रतिशत रकम पहिला नै भुक्तानी गरिसकेको र बाकी २०५ प्रतिशत बक्यौता रकम मेसिन जडान गर्ने बितिकै तिर्नुपर्ने सम्झौतमा उल्लेख भए पनि रकम अहिलेसम्म नतिरेकोले उक्त मेसिन बन्द हुन पुगेको बताएका छन् । उनले भने तर सरकारले आजभोलि गर्दैगर्दा तिर्न नसक्दा यो एमआरआई मेसिन कम्पनीले मेसिनलाई अपडेट नगर्दा सो मसिन बन्द हुन पुगेको मेसु डाक्टर साहले बताएका हुन ।

उनले बताए अनुसार बेला( बेला उक्त एमआरआई मेसिन अपडेट गरिरहनुपर्ने भएकोले अहिले एमआरआइ मेसिनलाई अपडेट गर्नुपर्ने उक्त कम्पनीका प्रविधिक टोलीले अहिले अपडेट बन्द गरेको हुनाले समस्या आएको डाक्टर साहले बताएका छन् । कम्पनीका प्रविधिक टोलीले अहिले केही नगर्नु हाम्रो इन्जिनियर आफैं आउने भनेर बताएकोले बन्द राखिएको छ।

मेसु डाक्टर साहले भने अहिले अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बडेकाले उक्त २०५ प्रतिशतको बक्यौता रकमको कम्तीमा पनि रु ५२ लाख पर्ने भएकोले सो रकम तिर्नुपर्ने तब मात्र एमआरआइ मेसिनले काम गर्ने डाक्टर मेसु साहले बताए । कम्पनी संग हामीले कम्तीमा सुचारु गरिदिनु भनेर आग्रह गरिएको तर रकम नतिरे सम्म नचल्ने कम्पनीका प्रविधिक टोलीले बताए । हामीले यसै रकम बाट तिर्न तयार छौं भन्दा आफुले उक्त कम्पनीका इन्जिनियर अर्थात प्राविधिक संग कुरा गरेको तर बक्यौता रकम नतिरी केही गर्न नसकिने जवाफ दिएको बताएका हुन ।

कम्पनीको बाकी बक्यौता रकम तिर्न आफुहरु संग कुनै स्रोत नभएकोले आफुले स्वास्थ्य मन्त्रालयलाई गत ११ महिना पहिले नै यहीँबाट पत्र पठाएको सो पत्रको जवाफ बैशाख १९ गते बुधबार मन्त्रीपरिषद बाट निर्णय गरि डिफेन्स रकम कहिबाट दिन नसक्ने बरु अर्को आर्थिक वर्षका लागि बजेट छुटाएर दिने भनेर परिपत्र आएकोले यसका लागि आफू दिनरात लागिपरेको मेसु डाक्टर साहले जानकारी दिनुभएको छ ।

२०८० साल असोज १३ गते तत्कालीन स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एमआरआई कक्षको उद्घाटन गरेका थिए । आन्तरिक परीक्षण र विशेषज्ञ टोलीहरुले विशेष तालिम लिएपछि एमआरआई मेसिन भित्रिएको ८ महिनापछि कात्तिकको दोस्रो सातादेखि सञ्चालनमा आएको थियो जडान हुनुअघि पनि ३० करोड रुपैयाँ लागतको एमआरआई मेसिन अस्पताल परिसरमा भवनको अभावले करिब साढे २ महिना खुल्ला आकाशमुनि राख्नु पर्ने बाध्यता रहेको थियो ।

एमआरआई मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यासको अभावको कारण देखाउँदा मेसिन जडानमा ढिलाई गरेको थियो । जडान भएपछि पनि अस्पतालमा जेनरेटरको अभाव र प्राविधिक कारणले मेसिन ६ महिनासम्म सञ्चालनमा ल्याउन कठिनाइ भएको हो ।

नेपालकै उत्कृष्ट र अद्यावधिक मानिएको ७२ च्यानल, ३ टेस्ला एमआरआई मेसिनबाट अस्पतालमा सेवा सुरु भएको जनाइएको थियो । सरकारी अस्पतालमा यो सेवा सुरु भएपछि पर्सा लगायत बारा, रौतहट, सर्लाही तथा अन्य जिल्लाका बिरामी अत्यन्त विशिष्ट मानिने इमेजिङ प्रविधि एमआरआईबाट लाभान्वित हुदै आएको थियो ।

नारायणी अस्पतालमा केही दिन देखि एमआरआइ मेसिन बन्द हुर्दा गरिव तथा विपन्न परिवारका बिरामीहरु निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले अस्पतालले दोब्बर मूल्य लिने गरेको विमारीका आफ्नताहरुले बताएका छन् ।

मेसिन बन्द भए पछि सबैभन्दा धेरै चिन्ता आफुलाई भइरहेको र विकास समितिको रकम रकमानतर गर्न नमिल्ने तर यस्तो गरेको खण्डमा पछि बेरुजु देखाउने भएकोले थप समस्या आउने बताए । उनले भने हामीले कुनै न कुनै विकल्प खोजिरहेका छौं यदि कहिबाट बजेट नआए सावन सम्म कुर्नुपर्ने हुन्छ भनेर मेसु डाक्टर साहले आज जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी