नगर विकास समितिको जमिन हडप्ने ठुला अतिक्रमकारीमाथि कार्बाही गर्न क्रान्तिकारी माग

नगर विकास समितिको जमिन हडप्ने ठुला अतिक्रमकारीमाथि कार्बाही गर्न क्रान्तिकारी माग

  • बुधबार, बैशाख २६, २०८१
  • डम्मर दत्त भट्ट

  • 6.6K
    SHARES

कञ्चनपुर , बैशाख २६ । क्रान्तिकारी कम्युनिष्ट पाटीले महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गर्ने ठुला अतिक्रमणकारीमाथि कार्बाही गर्न माग अघि सारेको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गर्ने ठुला अतिक्रमणकारीमाथि कार्बाही गर्न माग अघि सारेको हो ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले बुधबार जिल्ला पाटीले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नगर विकास समितिको जमिन अतिक्रमण गरेका ठुला व्यक्तिमाथि कार्बाहीको माग अघि सारेको बताए । उनका अनुसार होटल ओपेरा,भानु पाटी पैलेश, काष्ठ मिल सहितका राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताहरुले नगर विकास समितिको जमिन ओगटेर बनाएका संरचना हटाउन सरकारको ध्यानाकर्षण गराईएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटीले यस अघि नगर विकास समितिको जमिन घोटाला काण्डमाथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर आमशरण अनसन, मोसोदल्नेदेखि थुप्रै पटक दवावमुलक संघर्षका कार्यक्रम गरेको थियो । क्रान्तिकारी कम्युनिष्ट पाटी जिल्ला संयोजक सित्त सहितका नेता कार्यकर्ताहरुले प्रजिअ अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । क्रान्तिकारी कम्युनिष्ट पाटीको ज्ञापन पत्र बुझाउदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सरकारी अतिक्रमण जमिन खाली गराउने कामकाज अघि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ