एजेन्सी । इजरायलले गाजापट्टीको पूर्वी रफाह शहरमा आक्रमण शुरु गरेको छ । गाजाका आधाभन्दा बढी जनसंख्याले आश्रय लिइरहेको रफाह शहरमा आक्रमण नगर्न विश्व समुदायले गरेको आग्रह वेवास्ता गर्दै इजरायलले हमला थालेको हो ।
ईजरायलले हजारौँ प्यालेष्टाईनी नागरिकको ज्यान लिईसकेको छ । यस हमलाले थप मानवीय संकट पैदा हुने निश्चित छ ।
गाजाका सशस्त्र समूहहरूले जवाफमा दक्षिणी इजरायलमा रकेट प्रहार गरेको खबर छ । हमासले युद्धविराम सम्झौतालाई स्वीकार गरेको केही समयपछि रफाहमा इजरायलले हमला थालेको हो ।
यही समझौतामाथि छलफल गर्न कतारी वार्ता टोली आज इजिप्ट जाँदैछ । इजरायली वार्ता टोलीका सदस्यपनि आज कायरो जाने र अप्रत्यक्षरुपले वार्तामा बस्ने जनाइएको छ ।
गाजापट्टीको रफाह शहरमा झण्डै १५ लाख मानिस बसोबास गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline