युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं: हमास

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं: हमास

  • आइतवार, बैशाख २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ । हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।

उनले भनेका छन्- ‘हामास कुनै पनि परिस्थितिमा गाजामा युद्धको अन्त्यलाई स्पष्ट रूपमा समावेश नगर्ने सम्झौतामा सहमत हुने छैन । युद्धको पूर्ण अन्त्य बिना कुनै सम्झौता हुँदैन, गाजाको कब्जा हटाइनेछ ।’ इजरायलले युद्धविराम प्रस्तावमा निर्णय गर्न एक साताको समय दिएको बेला हमासको यस्तो प्रतिक्रिया आएको हो ।

हमासले युद्ध अन्त्यको लागि आफ्नो मागलाई अस्वीकार गर्नु यस सम्झौताको बाटोमा बाधा बनिरहेको छ । अहिले हमासको प्रतिनिधिमण्डल युद्धविराम बारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा रहेको छ । अर्कोतर्फ इजरायलले बन्धकहरूलाई रिहा गर्न हमासबाट सकारात्मक प्रयास देखेपछि मात्र आफ्नो प्रतिनिधिमण्डल कायरो पठाउने बताएको छ ।

बेलायतले जारी गरेको विवरण अनुसार अमेरिका, इजिप्ट र कतार ४० दिने युद्धविरामको आह्वान गर्ने प्रस्तावमा हमासको प्रतिक्रियाको पर्खाइमा छन् । यसमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको आदानप्रदान पनि समावेश छ ।

हमासका अधिकारीले उक्त प्रस्तावमा गाजामा पूर्ण युद्धविरामका लागि आह्वान गर्ने स्पष्ट प्रावधान समावेश गर्नुपर्ने बताए । यद्यपि इजरायल यसका लागि तयार छैन । सम्झौताको मुख्य बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दक्षिणी गाजा सहर रफाहमा स्थल सेना पठाउनको लागि आग्रह हो । यो क्षेत्र अहिले गाजाबाट विस्थापित नागरिकहरूले भरिएको छ । यो क्षेत्रम इजरायली सेना पुगेका ठुलो रक्तपात हुने चेतावनी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ