पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

  • शुक्रबार, बैशाख २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

गिलगिट (पाकिस्तान), २१ वैशाख : पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको जियो न्युजले जनाएको छ ।

जियो न्यूजसँग कुरा गर्दै डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुई जनालाई गिलगिट सहरमा सारिएको बताउनु भयो । अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिनु भएको छ ।
तिव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनालाई लिएर शोक व्यक्त गर्नु भएको छ । उहाँले प्रशासन र उद्धारकर्ताहरूलाई घाइतेलाई तत्काल चिकित्सा सहायता प्रदान गर्न आदेश दिनु भएको छ । यसै गरी गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ताले चिलास अस्पतालमा आपतकाल लागु गरिएको घोषणा समेत गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ