दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

  • बिहिबार, बैशाख २०, २०८१
  • डम्मर दत्त भट्ट

  • 6.7K
    SHARES

कञ्चनपुर, बैशाख २०।
कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत राहदा दुबै पटक सम्मानित भएका छन । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत राहदा आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै ०८०÷०८१मा पनि सम्मानित भएका छन ।
प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै चालु आर्थिक वर्षमा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका हुन ।
०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट ०७२ सालमा एसपीमा बढुवा भएका थिए भने ०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो ।
इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसएसपी विष्ट चुनौतीपूर्ण स्थान क्षेत्रहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन ।
एसएसपी विष्ट इन्सपेक्टर र डिएसपी हुदा अति चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि धेरै पटक पुरस्कृत भइसक्नुभएका छ । देशमा विभिन्न समयमा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका प्रहरी अधिकृत हुन । एसएसपी बिष्ट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ