भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • सोमवार, बैशाख १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भोजपुर, १७ वैशाख । भोजपुरको मयुङघाटमा बोलेरो जीप दुर्घटना एक जनाको मृत्यु भएको छ । आमचोक गाउँपालिका वडा नम्बर ८ स्थित भोजपुर उदयपुर जोड्ने मयुङघाट पुल छेउमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आँमचोक बालङखाबाट दुम्माना हुँदै इटहरीतर्फ आईरहेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा अन्य ६ जना घाईते भएका छन् ।
दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

सडकबाट जीप नदि बगरमा पल्टिएको प्रत्यक्षदशीले जनाएका छन् । अहिले घाईतेहरुको उद्धार भईरहेको छ । घाईते ६ जनाको धरानस्थित विपि अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ