BREAKING: भोजपुरको मयुङघाटमा सवारी दुर्घटना

BREAKING: भोजपुरको मयुङघाटमा सवारी दुर्घटना

  • सोमवार, बैशाख १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

भोजपुर, १७ वैशाख । भोजपुरको मयुङघाटमा बोलेरो जीप दुर्घटना भएको छ । आँमचोक बालङखाबाट इटहरीतर्फ आईरहेको जीप भोजपुर उदयपुर जोड्ने मयुङघाट पुल छेउमा दुर्घटना भएको स्थानीय प्रत्यक्षदशी प्रेम श्रेष्ठले जानकारी दिए ।
जीपमा ९ जना यात्रु सवार रहेको बुझिएको छ । सडकबाट जीप नदि बगरमा पल्टिएको प्रत्यक्षदशीले जनाएका छन् । अहिले घाईतेहरुको उद्धार भईरहेको छ । स्वास्थ्य कर्मी तथा स्थानीय व्यात्तिहरुले उद्धार गरेर घाईते ६ जनालाई धरानस्थित विपि अस्पतालमा उपचारका लागि लैजाने तयारी भएको र केही र्दुटनास्थलमा नै रहेको बताईएको छ ।
हाल घटनास्थलमा प्रहरी पुगेको छैन । दुम्बानाबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको जानकारी प्राप्त भएको छ । घटनाबारे थप विवरण आउन बाकीँ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ