पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

  • आइतवार, बैशाख १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

रौतहट, १६ वैशाख । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् । 

सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको सर्वपक्षिय बैठकमा भएको सहमती पछि पूर्वाधार विकास कार्यालयको ताला खुला गरिएको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र अगुवाईमा गएका कांग्रेसका नेता कार्यकर्ताहरुले पूर्वाधार कार्यालयको ताला खोलेका थिए।

उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडियो रेग्मी, नेपाल प्रहरीका एस्पी दिलीप रेग्मी, सशस्त्रका एसपी बिक्रम हुमागाईं, राष्ट्रीय अनुसन्धानका एस्पी अभिनय कुमार सिंहका साथै बिभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षिय बैठकले एमाले केन्द्रीय सदस्य गुप्ता, कांग्रेस जिल्ला सभातपी जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुर सहित तीन सदस्यीय समिती गठन गरेको छ।

उक्त समिती मधेश प्रदेश सरकारका बर्तमान भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादव संग बार्ता गरी सहमती अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिएका छन।

यस अघि योजनाकै लागी प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरुले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै  तालाबन्दी गरेका थिए।

तालाबन्दीकाे भोलिपल्ट गत बिहिबार जिल्ला समन्वय समिति सभापती राम अयोध्या यादव लाई ज्ञापनपत्र बुझाउँदै सभापती जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गर्दै आर्थिक बर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिई रहेको आरोप लगाएका थिए।

 उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख बिनोद कुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका थिए ।उनले कसैको काम गरेको बापत एक टुक्रा सुपारी खाएको भएपनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिएका छन्। अब मात्र मेरो जागिर डेढ महिना बाँकी छ यदी मेरै कारण कांग्रेसका नेता कार्यकर्तालाई कठिनाई भएको छ भने म अहिले राजीनामा दिन तयार छु प्रमुख ठाकुरले बताएका थिए।

यस अघि कृष्ण यादव भौतिक पूर्वाधार मन्त्री हुँदा रौतहटको लागी विनियोजन गरेको सम्पूर्ण याेजना उहाँहरुकै निर्देशन अनुसार बितरण भएको थियो।

भौतिक पूर्वाधार मंत्रालय मातहत पछि डिवीजन सडक कार्यालय मर्ज गर्दा सोही कार्यालय संग सम्बन्धित २० करोडको योजना बाँकी रहेको छ।  कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र लगायत नेता कार्यकर्ता ती सबै योजना हाम्रो पालामा आएको हो,  हामीले भने अनुसारको हुनुपर्ने भन्दा नमानेकै कारण आफूमाथि झुठा आरोप लगाएको प्रमुख ठाकुरले प्रतिक्रिया दिएका छन्।
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी