जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

  • शनिबार, बैशाख १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, १५ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताउनुभयो ।

निर्देशिकाले जसपाका करिब एक लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ