लमजुङ । जे.भी फाउन्डेसनका केन्द्रिय अध्यक्ष रास्ट्रिय समाजसेवी माननीय प्रा. डा. जगदीश वैद्य लमजुङको राइनास नगरपालिकामा आयोजना गरिएको सप्ताह महायज्ञमा सहभागी हुनुभएको छ ।
गण्डकी प्रदेशको भ्रमणमा रहनुभएका प्रा. डा. वैद्य राईनास नगर पालिका प्रमुख खड्ग बहादुर गुरुङको निमन्त्रणामा प्रमुख अतिथिको रुपमा नगर पालिका अन्तर्गत राईनास कोटमा आयोजित सप्ताह महा यज्ञमा सहभागी हुनुभएको हो ।
स्थानीय सरकारको प्रमुख सल्लाहकार समेत रहनु भएका
प्रा.डा. वैद्यलाई नगर प्रमुख गुरुङले भव्य स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा वैद्यका साथमा जे.भि.फाउन्डेसन रास्ट्रिय अध्यक्ष माननीय देबि माया सुनुवार ,सदस्य सचीव पबिन्द्र वाईबा,सचीव रोजिना गुरुङ र केन्द्रिय सल्लाहकार तुल्सी नारायण श्रेष्ठ समेत रहेका छन् ।
अन्तरास्ट्रिय सोसल अवार्डबाट सम्मानित भएर नेपाल फर्किएपछि प्रा. डा. वैद्य विभिन्न प्रदेशको भ्रमणमा निस्कनु भएको छ । यसअघि उहाँले कोशी प्रदेश अन्तर्गतका विभिन्न स्थानीय तहको भ्रमण गर्नु भएको थियो ।
