अमेरिकामा राहत प्याकेज प्रस्ताव पारित

अमेरिकामा राहत प्याकेज प्रस्ताव पारित

  • आइतवार, बैशाख ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, ९ वैशाख। अमेरिकी प्रतिनिधि सभाको तल्लो सदनले युक्रेन र गाजामा मानवीय सहायता सम्बन्धि राहत प्याकेजको प्रस्ताव पारित गरेको छ ।

सदनले युक्रेनलाई ६१ अर्व अमेरिकी डलर बराबरको राहत प्याकेज दिने प्रस्ताव पारित गर्दा गाजा र इजरायलका लागि भने २६ अर्व अमेरिकी डलर दिने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको अपील अनुसार अमेरिकी संसदमा प्रस्ताव पेश भएको हो । प्रस्तावमा ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब डलर बराबरको रकम र सैन्य सहयोग पाउने भएको छ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने आंकलनका साथ राष्ट्रपती बाइडेनले यो प्रस्ताव सदनमा पेश गर्नु भएको हो ।

प्रस्ताव पारित भएसंगै अमेरिकाले आज भोलीमा युक्रेन र इजरयाल तथा गाजामा उक्त रकम बराबरको राहत प्याकेज पुर्‍याउने भएको छ ।

रुससँगको युद्धमा युक्रेनले आफुहरुसँग मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएको भन्दै अमेरिका लगायत पश्चिमा राष्ट्रहरुसँग सहयोगका लागि अपील गर्दै आएकोमा यो राहत प्याकेज प्रस्ताव पारित हुनुले युक्रेनलाई ठुलो राहत मिलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ