जलजलेश्वर गुरुकुललाई जे.भी. फाउन्डेसनले गर्यो लत्ताकपडा सहयोग,मन्त्री बज्राचार्य र प्रा.डा. वैद्यद्धारा संयुक्त हस्तान्तण

जलजलेश्वर गुरुकुललाई जे.भी. फाउन्डेसनले गर्यो लत्ताकपडा सहयोग,मन्त्री बज्राचार्य र प्रा.डा. वैद्यद्धारा संयुक्त हस्तान्तण

  • बिहिबार, बैशाख ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं । जे.भी. फाउन्डेसन नेपालले ओखलढुंगाको श्री जलजलेश्वर गुरुकुललाई लत्ताकपडा सहयोग गरेको छ । फाउन्डेसनको राष्ट्रिय समिति नेपालले दुई बन्डल सिरक र धोति हस्तान्तण गरेको हो ।
बागमती प्रदेश सस्कृति,पर्यटन तथा नागरिक सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य र राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले संयुक्त रुपमा मोलुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला खतिवडा मार्फत गुरुकुललाई लत्ताकपडा हस्तान्तरण गर्नुभएको हो । फाउन्डेसनको केन्द्रिय कार्यालयमा नै उपस्थित हुनुभएका मन्त्री बजाचार्यले फाउन्डेसनले गर्दै आएको सामाजिक कार्यको बारेमा जानकारी लिदैँ समाजसेवाको क्षेत्रमा पुयाउदै आएको योगदानलाई निरन्तरता दिन  पनि आग्रह गर्नुभयो ।

सोहि अवसरका मन्त्री बज्राचार्यले नवनियुक्त राष्ट्रिय समितिका पदाधिकारीलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना पनि दिनभएको थियो । राष्ट्रिय समितिको अध्यक्षतामा देवी माया सुनुवार, वरिष्ठ उपाध्यक्षमा बिण्णु माया साम्पाङ , उपाध्यक्ष ललिता देबि गुरुङ, सदस्य सचीव पबिन्द्र वाईवा, सचीवमा रोजिना गुरुङ , गणेश दनुवार , प्रेम लिगल , सिर्जना तिम्सिना, स्वस्तिका पन्थी , ज्योति बर्मा प्रतिभा श्रेष्ठ र भिमसेन सापकोटा रहेका छन् ।

भेटका क्रममा मन्त्री बज्राचार्य र प्रा.डा. वैद्यबीच बागमती प्रदेशको पर्यटन प्रवद्धन र पर्यटकीय क्षेत्र, पार्क,मठमन्दिरलगायतका पुरातात्वीक सम्पदाको संरक्षण ,प्रचार तथा पुननिर्माणमा सरकार र फाउन्डेसबीच सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल समेत भएको राष्ट्रिय समितिका अध्यक्ष देवीमाया सुनुवारले जानकारी दिनुभयो ।

फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर निर्माणमा गर्नका साथै, घण्ट, गजुर तथा मुर्ती हस्तान्तरण गर्दै आएको छ । साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गरेको छ ।


यस्तै फाउन्डेसनले ओखलढुंगाकै त्रिवेणि धाम गुरुकुललाई पनि लत्ताकपडा प्रदान गरेको छ ।

जिसस काठमाडौंस्थित फाउन्डेसनको कार्यालयमा मन्त्री बज्राचार्यलाई स्वागत गर्दै केन्दिय अध्यक्ष प्रा.डा. वैद्य ।साथमा मोलुङ गाउँपालिकाका उपाध्यक्ष खतिवडा र फान्डेसन राष्ट्रिय समिति अध्यक्ष सुनुवार ।

तस्बिरमा हेर्नुहोस्,  जे.भी. फाउन्डेसन राष्ट्रिय समिति नेपालका नवनियुक्त कार्यसमितिलाई बधाई दिदै मन्त्री बज्राचार्य ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ