उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए बलिटिल बुद्धको प्रतिमामा पानी

उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए बलिटिल बुद्धको प्रतिमामा पानी

  • मङ्लबार, बैशाख ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ। थाईहरुको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा पानी चढाइएका छन् संविधानसभा सदस्य तथा लुम्बिनि विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामा तथा थाई धर्मदुत दक्षिण एसियाका प्रमुख फ्रा धम्म बोधि वोङ सहित सहभागी भएर मंगलबार विहान लिटिल बुद्धको पाउमा जल चढाएका छन् ।

सोङक्रानलाई थाईहरुले विषेश पर्वरुपमा मनाउने गरेका छन्। नयाँ वर्ष पारिवारिक पुनर्मिलन, मन्दिर भ्रमण र वार्षिक घर सफा गर्ने अवसर रुपमा पनि यस दिनलाई लिने गरेका हुन् ।

परम्परागत रूपमा थाईहरूले सोङक्रानको पहिलो दिन रोडे नाम दम हुआ प्रदर्शन गर्छन्, जुन आधिकारिक रूपमा राष्ट्रिय वृद्ध दिवस हो। यस परम्परामा युवाहरूले मान्यजनहरूको हत्केलामा सुगन्धित पानी खन्याएर नम्र भएर आशीर्वाद माग्ने गर्दछन्। त्यस्तै दोस्रो दिन, परिवारहरू बिहान सबेरै उठ्छन् र भिक्षुहरूलाई भिक्षा दिन्छन्, त्यसपछि बाँकी दिन परिवारसँग बिताउँ छन्।

थाइल्यान्डले सन् १९४० मा अन्तर्राष्ट्रिय नयाँ वर्षको दिनलाई स्वीकार गर्नु अघि सोङक्रानलाई सौर्य पात्रोको आधारमा गणना गरिएको थियो । जुन मिति एक वर्षदेखि अर्को वर्षसम्म फरक हुने थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ