त्रियुगा, १ वैशाख ।
जे.भि.फाउन्डेसन केन्द्रिय अध्यक्ष मानवीय रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले उदयपुरको त्रियुगा नगरपालिकामा सरस्वतीको मुर्ति हस्तान्तरण गर्नुभएको छ ।
प्रा.डा. वैद्यले आफ्नै हातबाट उदयपुर जिल्ला ,त्रियुगा नगर पालिका ६ मा बनेकाे सरस्वतीकाे मन्दिरमा सरस्वतीको मुर्ति र पन्च धातुको गजुर हस्तान्तरण गर्नुभएको हो ।
प्रा.डा. वैद्य त्रियुगा नगरपालिका प्रमुख सल्लाहकार समेत हुनुहुन्छ । उक्त मन्दिरको उद्घाटन प्रा.डा. वैद्य र जे.भि.फाउन्डेसन रास्ट्रिय समितिका सचीव रोजना गुरुङले संयुक्त रुपमा गर्नुभएको थियाे ।

साे क्रममा फाउन्डेसनका रास्ट्रिय समिति अध्यक्ष देवीमाया सुनुवार ,सदस्य सचिव पविन्द्र वाइबा, सचिव रोजिना गुरुङ, प्रवक्ता सिर्जना तिम्सिना पनि रहनुभएको थियो । मन्दिर उद्घाटन र मुर्ति हस्तान्तरण पछि मन्दिर व्यवस्थापन समितीले सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
