क्युबालाइ जासुसी गर्ने ‘हाइप्रोफाइल अमेरिकन कुटनीतिक’लाइ १५ बर्ष जेल सजायँ

क्युबालाइ जासुसी गर्ने ‘हाइप्रोफाइल अमेरिकन कुटनीतिक’लाइ १५ बर्ष जेल सजायँ

  • शनिबार, बैशाख १, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

न्युयोर्क, १ बैशाख । क्युबाका लागि जासुसी गर्ने एक अमेरिकन कुटनीतिकलाइ १५ बर्षको जेल सजायँ सुनाइएको छ ।

बोलिभियाका लागि पुर्ब अमेरिकी राजदूतको रूपमा सेवा गरेका एक पूर्व कूटनीतिज्ञलाई क्युबाको एजेन्टको रूपमा काम गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको हो ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय भिक्टर म्यानुअल रोचाले ४० वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा क्युवाली सरकारलाई जानकारी दिएको पुष्टी भएको जनाएका छन ।

गत फेब्रुअरीमा रोचाले मियामी अदालतमा आफु दोषी नभएको भन्दै दिएको निवेदनमा परिवर्तन गरेर आरोप स्विकार गरेका छन् । शुक्रबार जेलको लुगा लगाएका रोचाले मियामीको संघीय अदालतमा अन्तत भने, ‘म दोषी हुँ।’

जासुसी मुद्दामा जेल सजायँ भोगेको यो घटना अमेरिका र क्युबाबीच अहिलेसम्मकै उच्च प्रोफाइल हो। समाचार अनुसार १५ बर्षको जेल सजायँको अतिरिक्त रोचाले ५० हजार अमेरिकन डलर पनि जरिवाना पनि तिर्नु पर्नेछ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रोचाको अपराधलाई ‘विदेशी एजेन्टद्वारा अमेरिकी सरकारको सबैभन्दा उच्च पहुँच र लामो समयसम्म चल्ने घुसपैठहरू मध्ये एक’ भनेर उल्लेख गरेका छन ।

कोलम्बियामा जन्मेका हार्वर्ड शिक्षित रोचाले २०१९ र २०२२ का बीच बोलिभियाका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेका थिए । साथै, अर्जेन्टिना, होन्डुरस, मेक्सिको र डोमिनिकन रिपब्लिकमा अन्य विभिन्न कूटनीतिक पोस्टिङमा पनि काम गरेका थिए । साथै, राष्ट्रिय सुरक्षा परिषदसहित अन्य सरकारी भूमिकाहरूमा पनि काम गरेका थिए ।

आफ्नो कूटनीतिक सेवा समाप्त भएपछि रोचाले कम्युनिष्ट क्युबा लगायत सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियनको निरीक्षण गर्ने अमेरिकी सेनाको दक्षिणी कमाण्डको सल्लाहकारको रूपमा सेवा गरेकाे अनुभव पनि उनीसँग रहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ